नियम १४क
धितोपत्र बजारले विवरण तथा प्रतिवेदन पेश गर्नु पर्ने
ः
(१) नियम १३ बमोजिम धितोपत्र बजार सञ्चालन गर्ने अनुमति प्राप्त गरी धितोपत्र कारोबार शुरु गर्ने धितोपत्र बजारले समय–समयमा देहायका विवरणहरू बोर्ड समक्ष पेश गर्नु पर्नेछ ः–
(क) धितोपत्र कारोबारको प्रबन्ध र सञ्चालन सम्बन्धमा साधारण सभा तथा सञ्चालक समितिबाट भएका निर्णय सम्बन्धी विवरण,
(ख) धितोपत्र व्यवसायी तथा निजहरूको प्रतिनिधि सम्बन्धी विवरण,
(ग) धितोपत्र व्यवसायीबाट प्राप्त धरौटीको विवरण,
(घ) सूचीकरण भएका धितोपत्रहरूको विवरण ।
(२) धितोपत्र बजारले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महीनाभित्र धितोपत्र कारोबार सम्बन्धमा आफूले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ । यसरी पेश गरिएको वार्षिक प्रतिवेदनमा देहायका कुराहरू समेत खुलाइएको हुनु पर्नेछ ः–
(क) एक आर्थिक वर्षभरिमा भएको धितोपत्र कारोबार सम्बन्धी विवरण,
(ख) धितोपत्र व्यवसायीलाई कारवाही गरिएको भए त्यसको विवरण,
(ग) एक आर्थिक वर्षभरिमा सूचीकरण भएका वा सूचीकरण खारेज भएका धितोपत्रहरूको विवरण ।